Thaha

Tuesday 16 April - 2:11 pm NST

तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि वेदबहादुर र पुर्णिमालाई

नाम्चेबजार–सोलु, १६ जेठ । युवास तामाङ,

तेन्जिङ हिलारी एभरेष्ट म्याराथनमा पुरुषतर्फको उपाधि नेपाल आर्मीका वेदबहादुर सुनुवार जितेका छन् । आज बिहान भएको म्याराथनमा उनले ४२ किलोमिटरको निर्धारित दुरी ४ घण्टा १० सेकेण्डमा पुरा गरी उपाधि जितेका हुन् । नेपाली सेना कै भिम गुरुङ दोश्रो भएका छन् भने गुदेल ७ चाचालुङ सोलुखुम्बुका सुमन कुलुङ तेस्रो भए । म्याराथनको महिलातर्फको उपाधि सोलुखुम्बुकी पुर्णिमा राईले जितेकी छिन् । उनले ४२ किलो मिटरको दुरी ५ घण्टा २४ मिनेटमा पुरा गरिन् । सोलुखुम्बुकै  निरकला कुलुङ दोस्रो र पासाङ डोमा शेर्पा तेश्रो भएकी छिन् ।

म्याराथनको विदेशी पुरुषतर्फ पोल्याण्डका रोबर्ड सेलिन्सकी र महिलातर्फ २१ किलोमिटर दौडमा जर्मनकी  मार्टिन लुई उईले उपाधि जितेकी छिन् । सगरमाथाको आधारशिविरबाट सुरु भएको म्याराथन गोरक्सेप, लोवुचे, थुक्ला, फेरिचे, दिङवोचे हुदै नाम्चे बजारको चौरक्याम्पमा आएर सम्पन्न भएको आयाजक हिमालय एक्सपिडिशनले जनाएको छ ।