Thaha

Saturday 20 April - 7:22 pm NST

आर्थिक वृद्धिका चुनौतीको सामुहिक रुपमा सामना गर्ने


काठमाडौं, १४ जेठ । उन्नत अर्थव्यवस्थाका लागि विश्वव्यापी आर्थिक वृद्धिका मुख्य चुनौतीको सामूहिक सामना गर्ने निर्णय गर्दै विश्वका औद्योगिक राष्ट्रहरुको संगठन जि सेभेनको सम्मेलन सकिएको छ । जापानको ईसे शहरमा भएको सम्मेलनले विश्वव्यापी आर्थिक वृद्धिका लागि राजनीतिक अव्यवस्थासंगै, आतंकवादी आक्रमण, हिंसात्मक अतिवाद र शरणार्थी समस्या चुनौतीका रुपमा रहेको ठहर गरेको छ । यस्ता चुनौतीहरुको सामना गर्ने अन्तर्राष्ट्रिय प्रयासमा विशेष जिम्मेवारी लिने घोषणा सम्मेलनले गरेको छ ।  जी सेभेन राष्ट्रहरुले विश्वव्यापी वृद्धिलाई जरुरी प्राथमिकतामा राख्नुका साथै आर्थिक नीतिलाई बलियो बनाउने प्रतिबद्धता समेत जनाएका अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । नेताहरुले अन्तर्राष्ट्रिय बजारलाई खुला राख्नुपर्नेमा जोड दिंदै सबै प्रकारका संरक्षणवादसंग लड्ने घोषणा पनि गरेका छन् । सम्मेलनले बेलायत युरोपेली युनियनबाट बाहिरिए विश्वव्यापी आर्थिक वृद्धिमा गम्भीर खतरा उत्पन्न हुने तथा बढ्दो व्यापार, लगानी र रोजगारीको अवस्था बिग्रन सक्ने चेतावनी पनि दिएको बिबिसीले उल्लेख गरेको छ ।