Thaha

Friday 19 April - 12:11 pm NST

गुजरातलाई हराउँदै बेंङ्गलोर आइपीएल क्रिकेटको फाइनलमा


काठमाडौं, १२ जेठ । रोयल च्यालेन्जर्स बेंगलोर ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको फाईनलमा पुगेको छ । गएराती गुजरात लायन्सलाई ४ विकेटले हराउँदै बेंगलोरले फाईनलमा स्थान सुरक्षित गरेको हो । १ सय ५९ रनको लक्ष्य पाएको बेंगलोरको शुरुवात खराब रह्यो । २९ रन बनाउँदा पाँच विकेट गुमाएर अप्ठेरोमा परेको बेंगलोरको पारी एबि डिभिलियर्सले सम्हाले । उनले ४७ बलमा ५ चौका र ५ छक्काको मद्धतले नटआउट ७९ रनको योगदान गरेपछि बेंगलोरले १० बल बाँकी छँदै लक्ष्य पूरा ग¥यो । । ईकबाल अब्दुल्लाले नटआउट ३३ र स्टुआर्ट बिन्नीले २१ रन बनाए । कप्तान विराट कोहली, लोकेश राहुल र सचिन बेबीले खाता नै खोल्न सकेनन् । यस्तै क्रिस गेलले ९ र शेन वाट्सनले १ रन मात्रै बनाए । पहिले ब्याटिङ्ग गरेको गुजरातले पुरै ओभर खेलेर १ सय ५८ मा अलआउट भएको थियो । उसका लागि ड्वायेन स्मिथले सर्वाधिक ७३, दिनेश कार्तिकले २६, एकलव्य द्विवेदीले १९ र धवल कुलकर्णीले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकको रन बनाउन सकेनन् । कप्तान सुरेश रैना, ब्रेन्डन म्याककुलम, प्रविन कुमार र शदाब जकातीले १÷१ रन मात्रै बनाए । बेंगलोरसंग हारेपनि गुजरातले फाईनलमा पुग्नका लागि अर्को मौका भने पाउनेछ । आज हुने सनराईजर्स हैदराबाद र कोलकाता नाईट राईडर्स बीच खेलको को बिजेतासंग फाईनल प्रवेशकालागि ग्जरात भिड्नेछ ।