Thaha

Friday 09 October - 9:28 pm NST

विश्वभर वन्यजन्तुको शिकार र अवैध व्यापार बढ्दो,


काठमाडौं, १२ जेठ । विश्वभर बढ्दो वन्यजन्तुको शिकार तथा अवैध व्यापारका कारण वातावरणीय खतरा उत्पन्न गराएको संयुक्त राष्ट्रसंघले जनाएको छ । लागूऔषध तथा अपराध सम्बन्धि राष्ट्रसंघीय कार्यालयले चोरी शिकार र अवैध व्यापारको अवस्था हेर्दा कानूनी शासन कमजोर भएको दर्शाउने भन्दै यसको सामना गर्न अन्तर्राष्ट्रिय समुदाय जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिएको छ । विश्व वन्यजन्तु अपराध सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयका कार्यकारी निर्देशक युरी फेदोतोभले वन्यजन्तु तथा वन सम्बन्धि अपराध कुनै देश या क्षेत्रमा सिमित नरहेको भन्दै यो विश्वव्यापी रुपमा फैलिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले मानिसका दैनिक जीवनमा वन र वन्यजन्तुसंग सम्बन्धित कुनै न कुनै उत्पादन प्रयोग हुने भएकाले तिनको बिनाश रोक्नु सबैको जिम्मेवारी भएको बताउनुभयो । विश्वभरका १ सय २० देशमा वन्यजन्तु संग सम्बन्धित अपराध भएको पाईएको प्रतिवेदनमा उल्लेख छ ।