Thaha

Friday 19 April - 6:06 am NST

नेपाली राष्ट्रिय टोलीले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने


काठमाडौं १४ चैत । नेपाली राष्ट्रिय फूटबल टिम र मलेशियाको २२ वर्ष मूनिको टोली बीच आज मैत्रीपूर्ण फूटबल खेल हुँदैछ । खेल नेपाल समय अनुसार बेलुका पौने ७ बजे शुरु हुनेछ । नेपाल नयाँ प्रशिक्षक ग्योतोकु कोजीको नेतृत्वमा पहिलो पल्ट मैदान उत्रन लागेको हो । पछिल्लो पल्ट दुई महत्वपूर्ण खेलमा जित हासिल गरेको नेपाली टोली जितको उत्साह सहित मैदान ओर्लिने तयारीमा छ । नेपालले बंगबन्धु गोल्डकपको उपाधि संगै १२औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक जितेको थियो ।