Thaha

Friday 26 April - 8:01 am NST

तनाव बढाउने काम नगर्न उम्मेदवारहरुलाई अमेरिकी राष्ट्रपतिको चेतावनी,


काठमाडौं, ३० फागुन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले तनाव बढाउने खालका कुनै पनि गतिविधी नगर्न राष्ट्रपतीय चुनावका उम्मेदवारलाई चेतावनी दिनुभएको छ । उहाँले उम्मेदवारहरुले कुनै पनि अमेरिकीको अपमान गर्न र उनीहरुप्रति हिश्रक व्यवहार प्रदर्शन गर्न नहुनेमा जोड दिनुभयो । झडपका कारण रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको शिकागोमा हुने भनिएको चुनावी कार्यक्रम रद्ध भएपछि राष्ट्रपति ओबामाको यस्तो प्रतिक्रिया आएको हो । चुनावी उम्मेदवार परिस्थितीलाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्ने भन्दै राष्ट्रपति ओबामाले स्कुले विद्यार्थीको जस्तो एक अर्काको आलोचना गर्न र अपमान गर्ने, मनगढन्ते तथ्य तयार गर्ने र जाति र धर्मका आधारमा मानिसलाई विभाजन गर्ने काम गर्न नहुनेमा जोड दिनुभयो । रिपब्लिकन उम्मेदवार ट्रम्पको चुनावी कार्यक्रममा पटक पटक अवरोध हुँदै आएको छ । उहाँका विपक्षी र प्रतिस्पर्धी उम्मेदवारले नागरिकलाई भड्काउने खालको अभिव्यक्ति दिने गरेको आरोप लगाएका छन् ।