Thaha

Friday 26 April - 9:52 am NST

ब्लाटरको गतिविधसँग जोडिएका कागजात फ्रान्सेली अधिकारीद्धारा जफत

काठमाण्डौं, फागुन २६ । फ्रेञ्च फूटबल महासंघबाट फ्रान्सेली अधिकारीहरुले फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरका आपराधिक गतिविधिसँग जोेडिएका कागजात जफत गरेका छन् ।

स्वीटजरल्यान्डको महान्यायाधिवक्ताको कार्यालयका अनुसार ती दस्तावेज शंकास्पद भुक्तान भएको २ मिलीयन स्विस फ्र्यांकसँग सम्बन्धित छन् । स्वीट्जरल्याण्डकै आग्रहमा ती दस्तावेज खोजिएको हो ।

७९ बर्षिय ब्लाटरविरुद्धको आपराधिक अनुसन्धान गत सेप्टेम्बरदेखी चलिरहेको छ ।