Thaha

Wednesday 24 April - 8:41 am NST

दक्षिण अफ्रिकी मोबाईल कम्पनीले विद्रोहीलाई सहयोग पु¥याएको नाइजेरियाली राष्ट्रपतिको आरोप


काठमाडौं, २६ फागुन । नाईजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले दक्षिण अफ्रिकी मोबाईल सेवा कम्पनीले ईस्लामिक विद्रोहीलाई सहयोग पु¥याएको आरोप लगाउनुभएकोछ । मोबाईल सेवा प्रदायक कम्पनी एमटीएनले दर्ता नभएका सीमकार्डहरु बन्द गराउन नसक्दा ईस्लामिक अतिवादी समूहलाई सहयोग पुगेको उहाँको दावी छ । दक्षिण अफ्रिकी राष्ट्रपति जाकोब जुमाको नाईजेरिया भ्रमणका क्रममा नाईजेरियाली राष्ट्रपतिको यस्तो प्रतिक्रिया आएको हो । नाईजेरियाले मुस्लिम विद्रोही संगठन बोको हरामले दर्ता नभएका सिमकार्डहरु प्रयोग गरी विभिन्न आक्रमणका घटना गराउन सक्रिय भएको आरोप लगाउँदै आएको छ । नाईजेरियाले गएको वर्ष तोकिएको समय सिमा भित्र सिमकार्डहरु बन्द नगराएको भन्दै एमटिएन कम्पनीलाई झण्डै साढे ३ अर्ब डलर जरिवाना गरेको थियो । नाईजेरियाली राष्ट्रपति बुहारीले एमटिएनले तोकिएको समयसीमा पालना नगरेर निकै सुस्त गतिमा काम गरेको र जसका कारण जनधनको क्षतिलाई बल पुगेको टिप्पणी गर्नुभयो ।