Thaha

Monday 29 April - 3:04 am NST

एशियाकपमा आज भारत र श्रीलंकावीच प्रतिस्पर्धा

काठमाण्डौं, फागुन १८ । बंगलादेशमा जारी एशिया कप क्रिकेटमा आज भारत र श्रीलंकाबीच खेल हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । यसअघिका दुवै खेल जितेको भारत ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

समान २ खेल खेलेको श्रीलंका भने एक जीतबाट २ अंक सहित तेश्रो स्थानमा रहेको छ । भारत र श्रीलंका बीच अहिले सम्म ९ वटा अन्तर्राष्ट्रिय टी–ट्वान्टी प्रतिस्पर्धा भएकोमा भारतले ५ र श्रीलंकाले ४ खेल जितेका छन् । एशिया कप क्रिकेटमा भने यसअघि भारत र श्रीलंका १९ पटक आमने सामने भएका छन् । जसमा श्रीलंकाले १० खेल जितेको छ भने भारतले ९ खेल जितेको छ ।

श्रीलंकाका कप्तान तथा बलर लासिथ मालिंगा तथा भारतका कप्तान महेन्द्र सिंह धोनी र रोहित शर्मा घाईते भएकाले खेल्ने नखेल्ने पक्का भईसकेको छैन । एशिया कपमा गएराती भएको खेलमा पाकिस्तानले युएइलाई ७ विकेटले पराजित गरेको छ ।