Thaha

Tuesday 16 April - 4:51 pm NST

भारत महाराष्ट्रका एक ब्यक्तिद्धारा परिवारका १४ जनाको हत्या, आफुले आत्महत्या गरे


काठमण्डौं, १६ फागुन । 
 गरी भारतको महाराष्ट्रमा एक व्यक्तिले परिवारका १४ जनाको हत्या गरी आत्महत्या गरेका छन् । मुम्बई नजिक पर्ने थाने ईलाकामा २१ वर्षिय हसन बरेकर नामका युवाले आफ्नै बुवाआमा, श्रीमती, छोराछोरी र दिदीबहिनी सहित १४ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेको भारतीय सन्चारमाध्यमले जनाएका छन् । घरमा पार्टी गर्ने बहानामा सबैलाई बोलाई हत्या गरेको र घटनापछि उनले झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाई छ ।

राती २ बजेपछि छिमेकीले हल्ला सुनेपछि झ्यालको शिशा फुटालेर एक युवतीको उद्धार गरेका थिए । ति युवती आरोपीत युवककी बहिनी भएको बताईएको छ । घटनाको कारण खुल्न नसकेपनि पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।