Thaha

Wednesday 17 April - 12:32 am NST

विराट गोल्डकप फुटबलको उपाधि पुलीसलाई

काठमाण्डौं, फागनु १५ । विभागीय टिम नेपाल पुलिस क्लवले विराटनगरमा सम्पन्न विराट गोल्डकपको उपाधि हात पारेको छ । विराटनगरको सहिद रंगशालामा आज भएको फाईनल प्रतिस्पर्धामा साविक बिजेता झापा—११ लाई शून्यका विरुद्ध १ गोलले पराजित गर्दै पुलीसले उपाधि चुमेको हो ।

उपाधीस“गै पुलिसले ५ लाख १ हजार र ट्रफि हात पारेको छ भने उपविजेता झापा—११ ले ३ लाख १ हजार नगद र ट्रफिमै चित्त बुझाएको छ । पुलिसलाई उपाधि जित्नका लागि भरत साहले गरेको गोल नै पर्याप्त भयो । खेलको ५८ औं मिनेटमा विमल घर्ती मगरको स्थानमा मैदान प्रवेश गरे साहले अन्तिम समयमा गोल गर्दै पुलीसलाई उपाधि दिलाए ।

खेलको म्यान अफ द फाइनल पुलिसका भोला सिलवाल भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी पुलिसका सुमन सुवेदीले मोटरसाइकल प्राप्त गरेका छन् । त्यसैगरी उत्कृष्ट प्रशिक्षक पुलिसका अनन्त थापा, उत्कृष्ठ मिड फिल्डर झापाका योगेश गुरुङ, उत्कृष्ठ डिफेन्डस झापाकै देवेन्द्र तामाङ, उत्कृष्ठ फरवार्ड झापाकै कर्ण लिम्बु र हाईस्कोरर झापाकै कर्ण लिम्बु र बुद्धराज चेम्जोङ घोषित भए ।

उत्कृष्ठ गोल रक्षक पुलिसका बिसाल श्रेष्ठ र अनुसासित टिमको उपाधी रुपन्देही ११ बुटवलले हात पारेको छ ।