Thaha

Monday 29 April - 12:48 am NST

उत्तरकोरीयामाथि नयाँ प्रतिबन्ध लगाउने अमेरीका र चीनको प्रस्ताव सुरक्षा परिषदमा पेश

काठमाण्डौं, फागुन १४ । प्योङ्गयांङ्गको पछिल्लो परमाणु परिक्षण र रकेट प्रक्षेपणको जवाफ दिंदै संयुक्त राज्य अमेरीका र चीनको उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पेश भएको छ ।

प्रस्तावमा उत्तर कोरियाबाट बाहिरिने र र उत्तर कोरीयामा भित्रने मालसामानको निरीक्षण गर्ने र उसलाई हातहतियार बिक्री गर्न पूर्णरुपमा बन्देज लगाउन भनिएको छ । राष्ट्रसंघका लागि अमेरिकी राजदुत समान्था पावरका अनुसार नयाँ प्रस्तावमा पहिलो पटक उत्तर कोरियाबाट बाहिरिने र भित्रिने सामानहरुको अनिवार्य निरीक्षण गरिने उल्लेख छ ।

सुरक्षा परिषदमा पेश गरिएको प्रस्तावमा सप्तान्तमा मतदान हुने अपेक्षा गरिएको अलजजिराले लेखेको छ । उत्तर कोरियाले केही समयअघि परमाणु परिक्षण र लामो दूरीको रकेट प्रक्षेपण गरेपछि अन्तराष्ट्रिय जगतमा त्यसको विरोध हुंदै आएको छ ।