Thaha

Friday 26 April - 7:15 pm NST

बेईजिङ्ग विश्वमै सबैभन्दा धेरै अरबपति वस्ने शहर

काठमाण्डौं, फागनु १३ । चीनको राजधानी बेईजिङ्ग अमेरीकाको न्यूयोर्कलाई पछि पार्दै विश्वमै सबैभन्दा धेरै अरबपति बसोवास गर्ने शहर बनेको छ । हुरुन ईन्ष्टिच्यूूटले गरेको अध्ययन अनुसार अहिले राजधानी बेईजिङ्गमा १ सय जना अरबपति बस्छन् । न्यूयोर्कमा बस्ने अरबपतिको संख्या ९५ छ ।

बेईजिङमा गएको वर्ष ३२ जना नयाँ अरबपति थपिएका छन् भने न्यूयोर्कमा ४ जना थपिएका छन् । समग्र चीनमा अरबपतिको संख्या ५ सय ६८ पुगेको हूरुनले जनाएको छ । अमेरिकामा यो संख्या ५ सय ३५ छ । शीर्ष १० जना अरबपतिको सूचीमा भने अमेरिकीहरुको बर्चश्व कायमै छ । चीनका सबै अरबपतिको कुल सम्पत्ति १ दशमलब ४ ट्रिलियन डलर पुगेको छ ।

चीनको व्यापारीक शहर सांघाई भने धेरै अरबपति बस्ने शहरको सूचिमा पाँचौ स्थानमा छ । हूरुनले विगत ५ बर्षदेखी अमेरीकि डलरमा अरबपतिको मूल्याङकन गर्दै बार्षिकरुपमा ग्लोबल रिच लिस्ट जारी गर्दै आएको छ ।

हुरुनले अहिलेपनि वाङ्ग जियालिन २६ विलीयन डलरसहीत चीनको सबैभन्दा धेरै धनी व्यक्तिको सुचीमा कायमै रहेको जनाएको छ । हुरुनको प्रमुख रुपर्ट हुगवेर्फले पछिल्लो समय अर्थव्यवस्थामा आएको मन्दी र शेयर बजारमा देखिएको अस्थिरताका बावजुद चीनले धेरै अरबपतिहरु बटुलेको बताउनुभयो ।