Thaha

Monday 06 May - 1:27 am NST

पुलीस विराट गोल्डकपको फाईनलमा

काठमाण्डौं, फागुन १३ । नेपाल पुलीस क्लब विराट गोल्डकप फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

विराटनगरमा आज भएको दोश्रो तथा अन्तिम सेमिफाईनलमा आयोजक मोरङ फुटबल क्लबलाई अन्तिम समयमा शून्यका विरुद्ध १ गोलले पराजित गर्दै पुलीसले झापा एघारसँगको उपाधि भिडन्त पक्का गरेको हो । खेलको ९१ औं मिनेटमा सुमन सुवेदीले गरेको गोल नै पुलीसको जितका लागि पर्याप्त भयो ।

पुलीसले उपाधिका लागि पर्सि झापा–११ सँग प्रतिस्पर्धा गर्नेछ ।