Thaha

Sunday 05 May - 6:44 pm NST

भारतमा जारी अन्धा तथा बहिरा जुडोमा नेपाललाई दुई रजत पदक


काठमाडौं, १० फागुन । भारतको लखनउमा जारी चौथौ अन्धा तथा बहिरा राष्ट्रिय जुडो च्याम्पियनसीपमा नेपालका मनोज भट्ट र आदित्य शेर्पाले रजत पदक जितेका छन । भट्टले ७३ केजी र शेर्पाले ६० केजी तौल समूहमा  रजत जितेका हुन् । नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठका अनुसार  फाईनलमा मनोज हरियाणाका मोनु र आदित्य उत्तर प्रदेशका कुलदीपसँग पराजित भए ।