Thaha

Sunday 05 May - 9:42 pm NST

एशियाकप क्रिकेटका छनौट चरणका खेल आजदेखि


काठमाडौं, ७ फागुन । १३ औं एशिया कप क्रिकेटको छनौट चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् । बंगलादेशको फतुल्लाहमा हुने पहिलो खेलमा अफगानिस्तान र युएइ भिड्नेछन् । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । आजै बेलुकी सवा सात बजे हुने अर्काे खेलमा हङकङ र ओमान भिड्ने भएका छन् । चार टोली सहभागि छनोट चरणका खेलमा शीर्ष स्थानमा रहने एक टोली एशिया कपमा भाग लिनेछ । छनोट हुने टोली आउँदो २४ तारेखदेखि शुरु हुने एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसंग खेल्नेछ । एशिया कप क्रिकेट पनि बंगलादेशमानै हुनेछ । एकदिवशीयबाट संरचना परिवर्तनगरी यस पटकदेखि एशिया कप ट्वान्टी ट्वान्टी हुनेछ । सबै टोलीले एकआपसमा खेल्ने र शीर्ष दुईबीच मार्च ६ तारेखमा फाइनल खेल हुनेछ । सन् १९८४ मा शुरु भएको प्रतियोगितामा अहिलेसम्म भारत र श्रीलंकाले पाँच पाँच तथा पाकिस्तानले दुई पटक उपाधी जितेका छन । ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट नजिकिएका बेला शुरु हुन लागेको एशिया कपलाई मिनि विश्वकपका रुपमा लिइएको छ । ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट भने मार्च ८ तारेखदेखि भारतमा हुनेछ ।