Thaha

Monday 06 May - 12:50 am NST

साग विजेता नेपाली फुटबल टोलीको काठमाण्डौंमा भव्य स्वागत

काठमाण्डौं, फागनु ५ । २३ बर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा स्वर्ण जिताएर स्वदेश फर्किएको नेपाली फुटबल टोलीको भव्य स्वागत गरिएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको नेपाली फुटबल टोलीलाई नेपाली राष्ट्रिय धुन, बाजागाजासहीत नगर परीक्रमा गराउंदै भव्य स्वागत गरिएको हो ।

खेलाडीहरुको सम्मानमा आयोजित विजयजुलुस तिलगंगाचोक, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, पुतलीसडक, भद्रकाली, सुन्धारा, नारायणहिटी संग्रहालय, पुरानो बसपार्क, सहिदगेट, सुन्धारा हुँदै दशरथ रंगशालातर्फ जांदैछ ।

नगर परिक्रमा गराउदा नेपाली सेनाको ब्यान्डसहितको टुकडीले राष्ट्रिय धुन, राष्ट्रगीतको धुनसहित स्वागत गरेको थियो । भारतको गुवाहाटीबाट बागडुग्रासम्म जहाजमा आएको टोली बागडुग्राबाट भने भद्रपुर विमानस्थलसम्म बसमा आएको थियो । भद्रपुर विमानस्थलबाट दिउँसो ३ बजे काठमाण्डौं आईपुग्ने भनिएपनि उडान ढिला भएपछि बेलुकी ५ बजे खेलाडीहरु काठमाण्डौं ओर्लिएका हुन् ।

खेलाडीहरुको स्वागतका लागि त्रिभुवन विमानस्थलमा फुटबल तथा खेल प्रेमखीहरुको भिड लागेको   थियो । यसअघि झापाका स्थानीयहरुले खेलाडीहरुको भव्य स्वागत गरेका थिए ।

आयोजक भारतलाई २–१ ले हराउँदै नेपालले साग फुटबलमा स्वर्ण पदक जितेको थियो ।