Thaha

Thursday 25 April - 6:06 pm NST

युद्धग्रस्त क्षेत्रमा मानवीय सहायता लैजान सिरियाको अनुमति


काठमाडौं, ५ फागुन । सिरियाले युद्धग्रस्त शहरमा मानवीय सहायता लैजान अनुमति दिएको छ । युद्धका कारण भोकमरीको चपेटामा परेका मडायासहित सात वटा शहरमा राहत सामाग्री लैजान सिरियाली सरकारले अनुमति दिएको संयुक्त राष्टसंघले जनाएको छ । भोकमरीकै कारण मडाया शहरमा मानिस मर्न थालेको र अन्तर्राष्ट्रिय दबाब बढेपछिपछि सरकारले यस्तो अनुमति दिएको बीबीसीले जनाएको छ । राष्ट्रसंघका प्रवक्ता फरहान हकका अनुसार खाद्यान्नलगायतका उपयोग्य  बस्तु लैजानका लागि गाडीहरु तयार गरिएको र तत्कालै पठाउने प्रक्रिया थालिएको बताउनुभयो । यसअघि विभिन्न देशले सिरियामा युद्धबिरामको माग गर्दै मानवीय सहायता सामाग्री वितरणको माग गरेका थिए । विद्रोहीको गढ मानिने ति शहरमा सिरियाली सरकारले सहायता सामाग्री लैजान रोक लगाउँदै आएको थियो ।