Thaha

Sunday 05 May - 4:04 pm NST

भारतमा जारी १२ औं साग खेलकुद प्रतियोगिता सकिँदै


काठमाडौं, ४ फागुन । भारतमा जारी १२ औं साग खेलकुद प्रतियोगिता आज सकिँदैछ । गुवाहटीमा हुने औपचारिक समापन समारोह अघि सिलोङमा जुडो, बक्सिङ र तेक्वान्दोको अन्तिम प्रतिष्पर्धा हुनेछ । आज नेपाली खेलाडीले जुडोको ४ तौल समूहमा प्रतिष्पर्धा गर्नेछन् । हिजोसम्म ३ स्वर्ण २३ रजत र २९ कास्य पदक जितेको नेपाल छैठौ स्थानमा छ । २३ खेल समावेश अहिलेको सागमा नेपालले फुटबल, जुडो र उसुमा स्वर्णपदक जितेको हो । आयोजक भारत १ सय ८१ स्वर्णसहित पहिलोस्थानमा छ भने २५ स्वर्ण जितेको श्रीलंका, १० स्वर्ण जितेको पाकिस्तान, ७ स्वर्ण जितेको अफगानिस्तान र ४ स्वर्ण जितेको बंगलादेश क्रमशः दोस्रो देखि पाचौं स्थानमा छन् ।

यसैबीच आगामी साग खेलकुद सन् २०१८ मा नेपालमा हुने भएको छ । नेपालबाटै सन् १९८४ मा क्षेत्रीय खेलकुदको अवधारणामा सुरु भएको दक्षिण एशियाली खेलकुदको आठौं संस्करण १९९९ मा पनि काठमाडौंमा नै भएको थियो । १२ औं सागको समापन समारोहमा सागको झण्डा नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।