Thaha

Sunday 05 May - 9:48 pm NST

स्वर्णको आश गरिएको खेलमा रजतमै सीमित


काठमाडौं, ३ फागुन । बाह्राँै दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला फुटबलको फाईनलमा नेपाल भारतसँग पराजित भएको छ । सिलोङको जवाहरलाल नेहरू रङ्गशालामा जारी खेलमा भारतसँग ४—० ले पराजित हुँदै नेपाल रजत पदकमै सीमित भयो । पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा तीन गोल खाँदै पराजित भयो  ।  आजै पुरुष फुटबलमा नेपाल र आयोजक भारतबीचको फाइनल खेल गुवाहाटीमा रहेको इन्दिरा गान्धी रङ्गशालामा नेपाली समय अनुसार बेलुकी सवा सात बजे हुनेछ । नेपालले पछिल्लो पटक सन् १९९३ मा सागमा उपाधि जितेको थियो । सन् १९९९ मा फाइनलमा नेपाल पराजित भएको थियो ।