Thaha

Sunday 05 May - 10:30 pm NST

सागमा नेपाललाई दोस्रो स्वर्ण, जुडोकी फपु ल्हामूले जितिन स्वर्ण


काठमाण्डौ, ३ फागुन  । बाह्राँै दक्षिण एसियाली खेलकुद सागमा नेपालले दोस्रो स्वर्ण पदक जितेको छ । नेपालकी फुपु ल्हामु खत्रीले आज जुडोमा स्वर्ण पदक जितेकी हुन् । राउण्ड रोबिनका आधारमा भएको खेलमा नेपालकी खत्रीले बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी हुन् ।

यसअघि उसुमा निमा घर्तीमगरले नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । जुडोमा स्वर्ण जित्ने उनी पहिलो महिला खेलाडि हुन् । साग अन्तर्गत नेपालले आज पुरुष र महिला दुबै फुटबलको फाइनलमा भारतको सामना गर्दैछ । पुरुष फुटबलमा नेपाल र आयोजक भारतबीचको फाइनल गुवाहाटीमा रहेको इन्दिरा गान्धी रङ्गशालामा नेपाली समय अनुसार बेलुकी सवा सात बजे हुनेछ । नेपाल सन् १९९९ यता सागको फाइनलमा पुगेको छैन । सन् १९९३ मा उपाधी जिते यता अहिलेसम्म सागमा उपाधि जितेको छैन । त्यस्तै, महिला फुटबलको फाइनल सिलोङको जवाहरलाल नेहरू रङ्गशालामा दिउँसो सवा ४ बजे हुनेछ । पुरुष फुटबल अन्तर्गत शनिबार भएको खेलमा नेपाल माल्दिभ्सलाई ४–३ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो भने भारतले सेमिफाइनलमा बङ्गलादेशलाई ३–० ले पाखा लगाएको थियो । त्यस्तै, महिलातर्फ दक्षिण एसियाका पाँच टोली मध्ये राउण्डरोबिनका आधारमा अङ्कतालिकामा नेपाल पहिलो र भारत दोस्रो हुँदै सिधै फाइनलमा प्रवेश गरेका हुन् ।