Thaha

Saturday 04 May - 5:34 am NST

उसुकी निमाले दिलाइन नेपाललाई सागमा पहिलो स्वर्ण पदक


काठमण्डौं, २५ माघ । 
भारतमा जारी १२ औं सागमा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । उसुको थाउलोमा १६ वर्षकी नीमा घर्तीमगरले नेपालको लागि पहिलो स्वर्ण पदक दिलाएकी हुन् । मगरले उसुको थाउलो अन्तर्गत छानछवजान अलराउन्डमा स्वर्ण पदक जितेकी हुन् । हिजो भएको भएको पहिलो चरणमा घर्तिमगरले ८ दशमलव ४५ र आज भएको दोस्रो चरणमा ८ दशमलव ४६ गरी कुल १६ दशमलव ९१ अंक ल्याएकार जितिन् ।

पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी नीमाले स्वर्ण पदक जितेपछि सागमा देशका लागि पहिलो स्वर्ण दिलाउन सफल भएकोमा आफूलाई निकै खुसी लागेको बताइकी छिन् । यस्तै सागमा उसुको नानकुन तर्फ नेपालले आज एक रजत पदक जितेको छ । युवराज थापाले रजत पदक जितेका हुन । यो संगै नेपालको पदक संख्या १० पुगेको छ । हिजो सम्म विभिन्न खेलमा ८ वटा पदक जितेको थियो ।