Thaha

Saturday 04 May - 8:02 am NST

भुटानमाथि नेपालको शानदार जित


काठमाडौं, २४ माघ । नवयुग श्रेष्ठको ह्याट्रिकसँगै नेपालले १२ औं सागको फूटबलमा शानदार शुरुवात गरेको छ । नेपालले आज भारतको गुवाहाटीमा भुटानलाई शून्यका विरुद्ध पाँच गोलले पराजित ग¥यो । ह्याट्रिक गर्नेक्रममा नवयुगले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गरे । अञ्जन विष्ट र विशाल राईले एक÷एक गोल गरे । पहिलो हाफमा दुई गोल गरेको नेपालले तीन गोल दोस्रो हाफमा थपेको थियो । अब नेपालले बंगलादेशसँग माघ २८ गते खेल्नेछ ।