Thaha

Saturday 04 May - 4:05 am NST

नेपालले बंगलादेशलाई २ सय १२ रनको लक्ष्य दियो


काठमाण्डौ, माघ २२ । १९ वर्ष मुनिको विश्वकप क्रिकेटको क्वाटरफाईनलमा नेपालले बंगलादेशलाई २ सय १२ रनको लक्ष्य दिएको छ । मीरपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २ सय ११ रन बनायो । नेपालका लागि कप्तान राजु रिजालले  सबैभन्दा धेरै ७२ रनको योगदान गरे ।

८० बलको सामना गरेका रिजालले एक छक्का र आठ चौका प्रहार गरे । प्रेम तामाङ २२ रनमा नटआउट रहँदा सुनील धमलाले २५ र दीपेन्द्र सिंह ऐरीले २१ रन बनाए ।  धमला र ऐरीले धेरै बल खाए । त्यस्तै कुशल भूर्तेलले १४ रनको योगदान गरे । नेपालले तीन विकेट रन आउटका रुपमा गुमायो ।