Thaha

Saturday 04 May - 9:36 am NST

१२ औं साग आजदेखि भारतमा सुरु हुँदै


काठमाडौं, २२ माघ । दक्षिण एशियाली खेलकुद सागको १२ औं संस्करण आजदेखि भारतमा सुरु हुंदैछ । प्रतियोगिताका खेलहरु गुहावटी र सिलोङमा हुनेछन् । असामको गुहावटीमा रहेको ईन्दिरा गान्धी अन्तराष्ट्रिय रंगशालामा भव्य समारोहकावीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो साढे ४ बजेपछि १२ औं सागको उद्घाटन गर्दै हुनुहुन्छ । समूह बी मा रहेको नेपालले आज महिला भलिबल प्रतियोगीतामा श्रीलंकाको सामना गर्दै साग यात्रा थाल्दैछ । महिला भलिवलममा नेपालले सन् १९९९ र २००६ मा कास्य पदक हात पारेको थियो । महिला फुटबलमा भने नेपाल भोली सिलोङमा बंग्लादेशसँग खेल्नेछ । यस्तैगरी पर्सी आईतवार माल्दिभ्स, २८ गते बिहीवार श्रीलंका र फागुन १ गते भारतसँग खेल्नेछ । राउन्ड रोबीन लिगका आधारमा पहिलो र दोस्रो हुनेले स्वर्ण पदकका लागी प्रतिस्पर्धा गर्नेछन् । लिगमा तेस्रो हुनेले कास्यपदक पाउनेछ । नेपालले स्वर्णपदकको आशा गरेका उसु आगामी आईतवारदेखि बुधवारसम्म, तेक्वान्दो फागुन १ देखी ३ गतेसम्म र जुडो ३ र ४ गते हुनेछन् । आयोजक भारतसहित, नेपाल, भुटान, बंग्लादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र अफगानिस्तानका खेलाडीले १२ औं सागमा २ सय २८ स्वर्ण, २ सय २८ रजत र ३ सय ८ कास्यपदकका लागि प्रतिस्पर्धा गर्दैछन् । नेपालबाट ३ सय ८४ जना खेलाडी सहभागि हुंदैछन् । सागमा यसपटक २३ वटा खेल समावेश गरिएको छ ।