Thaha

Saturday 21 September - 10:06 am NST

१९ वर्ष मुनिको विश्वकप क्रिकेटको क्वार्टरफाईनलमा नेपाल बंगलादेशसँग खेल्ने

काठमाण्डौ, १९माघ । उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेटको क्वार्टरफाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ । मंगलवार भएको खेलमा नामिबियालाई ८ विकेटलाई हराएर बंगलादेश समूह ए को विजेता बनेपछि नेपालको क्वार्टरफाईनल प्रतिद्वन्द्वी पक्का भएको हो ।  समूह डी को उपविजेताका रुपमा क्वार्टरफाईनलमा पुगेको नेपालले बंगलादेशसँग शुक्रबार खेल्ने छ । समूह ए को उपविजेता नामिबियाले समूह डी को विजेता भारतसँग खेल्ने छ ।

समूह चरणको अन्तिम खेलमा बंगलादेशले नामिवियालाई सहजै आठ विकेटले पराजित ग¥यो । नामिबियालाई ६५ रनमा सीमित गरेको आयोजक बंगलादेशले १६ ओभरमा लक्ष्य पुरा  भेट्टायो ।