Thaha

Monday 29 April - 8:40 pm NST

सिरियामा भएको श्रृंखलावद्ध बिस्फोटमा कम्तीमा ५० जनाको मृत्यु


काठमाडौं, १८ माघ । सिरियामा भएको शृङ्लाबद्ध विस्फोटमा कम्तिमा ५० जनाको मृत्यु भएको छ । बिस्फोटमा अन्य १ सय भन्दा बढी मानिस घाइते भएका छन् । राजधानी दमास्कसको दक्षिणी क्षेत्रमा रहेको सियाहरुको मुख्य आस्थाको केन्द्र साइदा जेइनाव नजिक श्रृंखलावद्ध बिस्फोट भएको हो ।  घटनाको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेट आइएसले लिएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । सिरियाली सरकार र विपक्षी विद्रोही समूहका प्रतिनिधि जेनेभामा शान्ति वार्तामा बसेकै बेला विस्फोट भएको हो । शान्ति वार्ताको मध्यस्थता राष्ट्र संघ र साउदी अरेबियाले गरेका छन् । जेनेभा वार्तामा सिरियाली सरकारको नेतृत्व गरेका बसार अल जाफरीले उक्त हमलाबाट विपक्षी र आतंकबीच प्रत्यक्ष सम्बन्ध रहेको स्पष्ट हुने दाबी गरेको बिबिसीले जनाएको छ ।