Thaha

Friday 03 May - 9:21 pm NST

बङ्गबन्धु गोल्डकपको उपाधि विजेता फुटबल खेलाडीलाई प्रधानान्त्रीको सम्मान


काठमण्डौं, १४ माघ । 
प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गबन्धु गोल्डकपको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई सम्मान गर्नुभएको छ । बालुवाटारमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले बङ्गलादेशमा भर्खरै सम्पन्न बंगबन्धु गोल्डकप विजेता टोलीलाई सम्मान गर्नुभएको हो ।

कार्यक्रममा  प्रधानमन्त्री ओलीले ‘च्याम्पियन’ टोलीका सदस्यलाई जनही दुई÷दुई लाख रुपैयाँ दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सरकारलाई गरेको सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले आर्थिक कारणले कतिपय खेलाडीको खेल र पारिवारिक जीवन कष्टपूर्ण रहेकाले आफू सुधारका लागि लागिपरेको बताउनुभयो ।