Thaha

Monday 29 April - 6:07 pm NST

डेनमार्कमा शरणार्थीमाथि कडाई, एक हजार पाँच सय डलरभन्दा धेरै मूल्यका सामान प्रहरीले जफत गर्ने

काठमाण्डौं, माघ १३ । डेनमार्कले शरणार्थिहरुको लगातारको प्रवेशमाथि रोक लगाउने भएको छ । डेनमार्कको संसदले लामो बहसपछि शरणार्थीहरुको लगातार प्रवेशमाथि रोक लगाउने योजना स्विकृत गरेको छ । ८१ जना सांसदले कानुनको पक्षमा र २७ जनाले विपक्षमा मतदान गरेका थिए ।

अब शरणार्थीसँग एक हजार पाँच सय डलरभन्दा धेरै मूल्यका सामान भए डेनमार्क प्रहरीले जफत गर्नेछन् । यद्धपी शरणार्थीका भावनासँग जोडीएका महत्वपूर्ण सामानमा भने छुट दिईनेछ । शरणार्थीहरुको सामान जफत गर्ने प्रावधानलाई दोस्रो विश्वयुद्धका क्रममा यहूदिहको सामान जफत गरिएको विषयसँग तुलना गरिएको छ ।

तर डेनमार्क सरकारले भने शरणार्थीहरुको सामान उनीहरुको रेखदेखका लागि प्रयोग गरिने बताएको छ । नयाँ कानुनअनुसार डेनमार्कमा रहेका शरणार्थीहरुले ३ बर्षअघि आफ्ना परिवारका सदस्यहरुलाई लैजान पाउने छैनन् । यूरोपेली परिषद र शरणाार्थीहरुका लागि संयुक्त राष्टंसंघीय संस्थाले भने नयाँ कानुनका केही भाग अन्तराष्ट्रिय सम्झौता अनुकूल नभएको बताएका छन् ।

विश्वभरका मानवअधिकारवादी संगठनहरुले पनि डेनमार्ककको नयाँ कानुनको आलोचना गरेका छन् ।