Thaha

Saturday 21 September - 8:35 am NST

अन्डर नाईन्टिन आईसीसी वल्डकप क्रिकेट बंग्लादेशमा सुरु

काठमाण्डौं, माघ १३ । १९ बर्ष मुनीको विश्वकप क्रिकेट आजदेखि बंगलादेशमा सुरु भएको छ । चट्गाउँमा भइरहेको खेलमा बंगलादेश र दक्षिण अफ्रिका तथा इङल्याण्ड र फिजी भिडिरहेका छन् ।

प्रतियोगितामा नेपालले भने भोली पहिलो खेल न्यूजिल्याण्डविरुद्ध खेल्नेछ । समूह डी मा रहेको नेपालले आयरल्याण्डसंग जनवरी ३० मा र भारतसंग फेबु्रअरि १ मा खेल्नेछ । चारवटा समूहका शीर्ष दुई टोली प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगितामा सातौं पटक सहभागिता जनाइरहेको नेपालले यसअघिका संस्करणहरुमा दक्षिण अफ्रिका, वेष्टइण्डिज, न्यूजिल्याण्ड, पाकिस्तानजस्ता बलिया टिमलाई हराएको इतिहास छ । नेपाल एक पटक प्लेट च्याम्पियन पनि बनेको थियो । दक्षिण अफ्रिका प्रतियोगिताको साविक बिजेता टिम हो भने अष्ट्रेलिया र भारतले सर्वाधिक तीन÷तीन र पाकिस्तानले दुई पटक यो प्रतियोगिताको उपाधि जितिसकेका छन् ।

प्रतियोगिताको फाइनल खेल आगामी फेब्रुअरी १४ मा शेरे बंगला रंगशाला ढाकामा हुनेछ ।