Thaha

Monday 29 April - 8:27 pm NST

राष्ट्रसंघका महासचिव मुनले आतंकवादलाई प्रश्रय दिएको नेतन्याहुको आरोप

काठमाण्डौं, माघ १३ । ईजरायलका प्रधानमन्त्री बेन्जामीन नेतन्याहुले संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले आतंकवादलाई प्रोत्साहन दिएको आरोप लगाउनुभएको छ । महासचिव मुनले प्यालेष्टाइनीहरुको पक्षपोषण गर्दै अभिव्यक्ति दिएको प्रधानमन्त्री नेतन्याहुको आरोप छ । मुनले राष्ट्रसंघको सुरक्षा परिषद वैठकमा प्यालेष्टाईनीलाई उद्धृत गर्दै पीडीतहरुले आफूमाथिको शासन विरुद्ध प्रतिक्रिया दिनु स्वभाविक भएको बताउनुभएको थियो ।

मुनको यो भनाईले आतंकवादलाई प्रोत्साहन दिएको प्रधानमन्त्री नेतन्याहूको तर्क छ । सुरक्षा परिषद वैठकमा महासचिव मुनले प्यालेष्टाईनले ईजरायली नागरीकमाथि गरेको पछिल्लो आक्रमणको भने निन्दा गर्नुभएको थियो । गत सोमवार २४ बर्षिया एक ईजरायली महिलाको हत्या गरिएपछि ईजरायल र प्यालेष्टाईनवीच तनाव बढेको छ ।

अक्टोवरदेखी यता मात्रै १ सय ५५ जना प्यालेस्टाइनी, २८ जना इजरायली र १ अमेरीकि नागरिकको हिंसाकै कारण ज्यान गएको छ । इजरायलले मारिएकामध्ये अधिकांस प्यालेष्टीनि आक्रमणकारी रहेको र बांकी संघर्षका क्रममा इजरायली सेनाद्धारा मारिएको बताएको छ ।

महासचिव मुनले प्यालेष्टाईनी युवाहरुमा देखिएको निराशा र भिन्नताको भावका कारण हिंसात्मक आक्रमणका घटना बढेको बताउनुभएको छ । लामो समयदेखी आफूहरुमाथिको कब्जा र शान्ति प्रकृयाको क्रम भंग हुंदा प्यालेष्टाईनी नागरीकमा निराशा बढेको मुनको भनाई छ । ईजरायल र प्यालेष्टाईनवीच सन् २०१४ मा अमेरीका समर्थित शान्ति वार्ता रद्ध भएको थियो ।