Thaha

Monday 29 April - 3:00 pm NST

अरुणाञ्चल प्रदेशमा राष्ट्रपति शासनको सिफारिस

काठमाडौं, १० माघ । भारत सरकारले अरुणाञ्चल प्रदेशमा राष्ट्रपति शासनको सिफारिस गरेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षमा बसेको मन्त्रिपरिषद बैठकले विवाद चलिरहेको अरुणाञ्चलमा राष्ट्रपति शासनको सिफारिस गरेको हो । मोदी सरकार आएपछि कुनै पनि राज्यका विषयमा यस्तो निर्णय गरिएको यो पहिलो हो । अरुणाञ्चल प्रदेशमा पछिल्लो एक महिनादेखि राजनीतिक संकट चलिरहेको छ । ६० सदस्यीय विधानसभामा रहेको काँग्रेसका ४७ मध्ये २१ जना विधायकले मुख्यमन्त्री नाबाम तुकीलाई हटाउन माग गरेपछि संकट बढेको हो । 
मुख्यमन्त्रीले राज्यपाल राजखोवालाई भारतीय जनता पार्टीको एजेण्ट भन्दै विद्रोही विधायकसँग मिलेर सरकार ढलाउन खोजेको आरोप लाएको भारतीय संचार माध्यमले जनाएका छन् । विधानसभामा भारतीय जनता पार्टीका ११ जना विधायक मात्रै छन् ।