Thaha

Saturday 21 September - 8:46 am NST

बंगबन्धु गोल्डकप फुटबलको उपाधीका लागि नेपालले आज बहराइनको सामना गर्ने


काठमाडौं, ८ माघ । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले आज बहराइनको सामना गर्नेछ । ढाकाको बंगबन्धु रंगशालामा हुने खेल नेपाली समयअनुसार बेलुकी पौने ५ बजे हुनेछ । १७ बर्षपछि पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाल २३ बर्षसम्मको अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोड्ने प्रयासमा हुनेछ । यसअघि सन् १९९३ मा साफ गेममा उपाधि जिते यता नेपालले अन्तर्राष्ट्रय फुटबलमा उपाधि जित्न सकेको छैन । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले उपाधि भित्र्याउने लक्ष्यका साथ टोली मैदान उत्रने बताउनुभयो । सेमिफाइनलमा नेपालले माल्दिभ्समाथि ४–१ को सानदार जित निकाल्दै उपाधि नजिक पुगेको हो । बहराइनले सेमिफाइनलमा बंगलादेशलाइ १–० ले हराएको थियो ।