Thaha

Monday 29 April - 7:37 pm NST

सोमालियामा भएको बिस्फोट र गोलाबारीमा तीन जनाको मृत्यु


काठमाडौं, ८ माघ । सोमालियाको राजधानी मोगादिसुमा एक समुन्द्रि किनारमा भएको कार बम बिस्फोट र गोलाबारीमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ । स्थानीय लिडो बीचमा भएको कार बम बिस्फोट पछि पाँच बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । गोली लागी थुप्रै मानिस घाइते भएको र मृत्यु हुनेको संख्या बढ्न सक्ने बीबीसीले जनाएको छ । सोमालियामा सक्रिया इस्लामिक चरमपन्थी संगठन अल सबाबे आक्रमणको जिम्मा लिएको छ । अलसबाबले आफ्ना लडाकु अझैपनि समुन्द्रि किनारमा रहेको एक होटलभित्र रहेको बताएको छ । सोमालियाका प्रधानमन्त्री ओमर अब्दीरशीदले आक्रमणको निन्दा गर्नुभएको छ ।