Thaha

Monday 29 April - 9:25 pm NST

पाकिस्तानको विश्वविद्यालयमा आक्रमण


काठमाडौं, ६ माघ उत्तर पश्चिम पाकिस्तानको एक विश्वविद्यालयमा बन्दुकधारीले आक्रमण गरेका छन् । पाकिस्तानको चारसद्धामा रहेको बच्चा खान विश्वविद्यालयमा बन्धुकधारीहरु फायरिङ गर्दै भित्र पसेका छन् । लगत्तै विश्वविद्यालयभित्र दुई वटा विस्फोटका आवाज सुनिएको स्थानीय प्रहरी अधिकारीलाई उद्यृत गर्दै समाचार एजेन्सी रोयर्सले जनाएको छ । अहिले विश्वविद्यालय परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । बन्दुकधारी को हुन् भन्ने पहिचान भइनसकेको सुरक्षा अधिकारीहरुको भनाई छ । चारसद्धा पेशावर सहरबाट झण्डै ५० किलोमिटर टाढा रहेको छ । यसअघि सन् २०१४ डिसेम्बरमा पेशावर आर्मी पब्लिक स्कुलमा तालिबानले आक्रमण गरी १ सय ३० स्कुले विद्यार्थीसहित १ सय ४० जनाको हत्या गरेको थियो ।