Thaha

Saturday 21 September - 8:41 am NST

बङ्गबन्धु गोल्डकपको सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्दै


काठमण्डौं, ५ माघ । 
बङ्गबन्धु गोल्डकप फुटबलको अन्तिम सेमिफाइनलमा नेपालले आज माल्दिभ्सको सामना गर्दैछ । खेल बंगलादेशको ढाकामा रहेको बंगबन्धु रंगशालामा नेपाली समय अनुसार बेलुकी सवा ५ बजे सुरु हुनेछ । नेपाल समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो भने माल्दिभ्स समूह बी को बिजेता टिम हो ।

लिग चरणका तीन वटै खेलमा अपराजित नेपालले एक गोल पनि खाएको छैन । बंगलादेश र मलेसियासँग गोलरहित बराबरी खेलेको नेपालले श्रीलंकालाई १–० ले हराएको थियो । नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले सेमिफाइनल भिडन्तका लागि आफ्नो टोली विगतका गल्ती सुधार्दै अघि बढ्ने बताउनु भएको छ । आजको बिजेता टिमले उपाधिका लागि बहराइनको सामना गर्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई १–० ले पराजित गर्दै बहराइन फाइनलमा प्रवेश गरिसकेको छ ।