Thaha

Saturday 21 September - 8:50 am NST

अजित चण्डिलामाथि आजीवन प्रतिबन्ध


काठमाण्डौं, माघ ४ । राजस्थान रोयलका पूर्व अफ स्पिनर अजित चण्डिलामाथि आजीवन प्रतिबन्ध लगाइएको छ । सन् २०१३ को आईपीएल क्रिकेटका क्रममा भएको स्पट फिक्सिङ्गमा दोषी ठहर गर्दै उनलाई क्रिकेटका सबै खाले गतिविधिमा संलग्न हुन नपाउने गरी आजिवन प्रतिबन्ध लगाइएको   हो ।

 भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले चण्डिलाले आचार संहिता उल्लंघन गरेको र भ्रष्टाचारमा संलन रहेको जनाएको छ । बिसीसीआईले सोही प्रकरणमा श्रीसंत र अंकित चौहाणलाइ बिसीसीआईले यसअघि नै आजिवन प्रतिबन्ध लगाएको थियो ।