Thaha

Saturday 21 September - 8:25 am NST

प्रिमिर लिगमा आज एउटा मात्रै खेल

काठमाण्डौं, माघ ४ । इङ्लिस प्रिमियर लिग फुटबलमा आज राति एउटा मात्रै खेल हुने भएको छ । आज राति स्वान्सी सिटी र वाट्फोर्डवीच प्रतिस्पर्धा हुंदैछ ।

गएराती भएको खेलमा लिभरपुललाई १—० ले पराजित गर्दै ३७ अंक जोडेको म्यानचेस्टर युनाईटेड लिगको पाँचौ स्थानमा उक्लिएको छ । गएराती नै शिर्ष स्थानमा रहेको आर्सनललाई स्टोक सिटीले गोलरहित बराबरीमा रोक्यो ।  

लिगमा समान ४४ अंक रहेको लिसेस्टर सिटी गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । म्यानचेस्टर सिटी र टोटनह्याम तेस्रो र चौथो स्थानमा छन् ।