Thaha

Monday 24 August - 5:23 pm NST

धनी र गरीबबीचको खाडल बढ्दै

काठमाडौं, माघ ४ । विश्वमा धनी र गरीबबीचको खाडल बढ्दै गएको छ । केही मान्छे धनी हुँदै गैरहेको र अरु गरीब बन्दै गईरहेको पाइएको छ । विश्वको जनसंख्यामध्ये सबैभन्दा धनी एक प्रतिशत मान्छेको सम्पत्ति बांकी ९९ प्रतिशत मान्छेको कुल सम्पत्ति बरावर रहेको एक तथ्यांकले देखाएको छ ।

गरीबी उन्मूलनको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था अक्सफामले क्रेडिट स्वीसको आंकडाको आधारमा यस्तो दाबी दावी गरेको हो । अक्सफामले जनाए अनुसार सबैभन्दा धनी ६२ जना मानिसँग विश्वभरका आधा सबैभन्दा गरीब मानिसको बरावर सम्पत्ति छ । अक्सफामका अनुसार सबैभन्दा धनी मात्र ६२ जनासँग विश्वकै आधा सबैभन्दा गरीब मानिसको जति सम्पत्ति छ ।

संस्थाका अनुसार ६८ हजार ८ सय डलर अर्थात करीब ४७ लाख रुपैंया नगद भएका मानिस १० प्रतिशत सबैभन्दा धेरै धनी मानिसको श्रेणीमा परेका  छन् भने ७६ हजार डलर अर्थात ५१ लाख रुपैंया बरावरको सम्पत्तिका मालिक सबैभन्दा धनी १ प्रतिशत मानिसको सुचिमा छन् । सन २०१० मा ३ सय ८८ जना मानिससँग विश्वभरका आधा गरीब मानिसको जति सम्पत्ति थियो । अक्सफामले जुन अर्थव्यवस्था भावी पुस्ता र पुरै जगतको समृद्धिका लागि हुनुपर्नेमा केवल १ प्रतिशत मानिसमा मात्र सिमीत रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

क्रेडिट स्विसले गरेको अध्ययन अनुसार सन् २००२ देखी २००९ सम्म १ प्रतिशत मानिसको सम्पत्ति कम हुंदै गएकोमा अहिले त्यसमा बृद्धि भएको छ ।