Thaha

Monday 25 November - 11:50 pm NST

दोस्रो टी–ट्वेन्टीमा न्यूजिल्याण्डले पाकिस्तानलाई दश विकेटले हरायो

काठमाडौं ३ माघ । पाकिस्तान विरुद्धको दोस्रो टी–ट्वेन्टी क्रिकेट न्यूजिल्याण्डले दश विकेटले जितेको छ । जितसँगै न्यूजिल्याण्डले श्रृंखला १–१ को बराबरी गरेको छ । 
आईतबार ह्यामिल्टनमा पाहुना टोली पाकिस्तानले दिएको १ सय ६९ रनको लक्ष्य न्यूजिल्याण्डले १४ बल बाँकी छँदै विना क्षति पूरा ग¥यो । न्यूजिल्याण्डको जितमा उत्कृष्ट ब्याटिङ गर्दै मार्टिन गुप्तिलले नटआउट ८७ र केन विलियसनले नटआउट ७२ रन बनाए । यसअघि पाकिस्तानले १ सय ६८ रन बनाउँदा उमर अकमालले ५६ रनको योगदान गरेका थिए । श्रृंखलाको छिनोफानो तेस्रो टी–ट्वेन्टीबाट हुनेछ ।