Thaha

Saturday 04 May - 8:33 am NST

आत्मघाती आक्रमणबाट अफगानिस्तानमा १३ जना मारिए

काठमाडौं, ३ माघ । अफगानिस्तानको जलालावादमा आत्मघाती बम आक्रमणमा कम्तीमा तेह्र जनाको मृत्यु भएको छ । अरु चौध जना घाईते भएका छन् । 
प्रान्तीय परिषद्का सदस्य अब्दुल्लाह सिनवारीको घरमा उत्सव चलिरहेका बेला आक्रमण भएको छ । सिनवारीको परिवारका सदस्य तालिवानको कब्जाबाट छुटेको खुशीयालीमा उत्सव भएको र आक्रमणमा तालिवानको कब्जाबाट छुटेका ती सदस्य मारिएको समाचार संस्था रोयटर्सले जनाएको छ । उनी नौ महिनापछि तालिवानको कब्जाबाट मुक्त भएका थिए । आक्रमणको जिम्मेवारी कसैले लिएको छैन भने तालिवानले संलग्नता अस्वीकार गरेको छ ।