Thaha

Saturday 18 May - 2:08 pm NST

नेपाल बंगबन्धु गोल्डकप फुटबलको सेमिफाईनलमा

काठमाण्डौ, १ माघ । नेपाल बंगलादेशमा चलिरहेको बंगबन्धु गोल्डप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । समूह चरणको खेलमा श्रीलंंकाले मलेसियालाई एकका विरुद्ध दुई गोलले हराएपछि नेपाल एक खेल अघि नै सेमिफाईनलमा प्रवेश गरेको हो ।
 नेपालसँगै बंगलादेश पनि सेमिफाईनल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपाल केहीबेरमा आयोजक बंगलादेशसँग खेल्दैछ । यो खेलले समूह विजेताको टुंगो लगाउनेछ । मलेसियासँग गोलरहित बराबरीमा रोकिएर श्रीलंका विरुद्ध १–० गोलको जित निकालेको नेपाल चार अंक सहित अंकतालिकाको दोस्रो स्थानमा छ । समान ४ अंक नै भएपनि गोल अन्तरका आधारमा बंगलादेश समूहको शीर्ष स्थानमा छ ।