Thaha

Saturday 18 May - 10:25 am NST

दोस्रो एकदिवसीय क्रिकेटमा भारत ७ विकेटले पराजित

India VS Australia 

काठमाडौं १ माघ । अष्ट्रेलियाले भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट सात विकेटले जितेको छ । जितसँँगै पाँच खेलको श्रृंखलामा अष्ट्रेलियाले  २–० को अग्रता लिएको छ । भारत लगातार दोस्रो खेलमा तीन सयभन्दा धेरै रन बनाएर पनि पराजित भयो । 
ब्रिसबेनमा ३ सय ९ रनको लक्ष्य एक ओभर बाँकी छँदै मात्र तीन विकेट गुमाएर पुरा ग¥यो ।  उसका लागि जर्जबेलीले ७६, एरोन फिञ्च र सन मार्सले समान ७१ र कप्तान स्टेभेन स्मिथले ४६ रनको योगदान गरे । म्यान अफ द म्याच रोहित शर्माले लगातार दोस्रो पटक शतक बनाए पनि भारत हारबाट जोगिन सकेन् । पहिले ब्याटिङ गरेको भारतले रोहित शर्माको १ सय २४ रनको  मद्दतले ३ सय ८ रन बनाएको थियो । त्यस्तै अजिङ्क्य रहाने ८९ र विराट कोहलीले ५९ रनको योगदान गरेका थिए । 
पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पाकिस्तान विजयी
न्युजिल्याण्डविरुद्धको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पाकिस्तान १६ रनले विजयी भएको छ । अकल्याण्डमा १ सय ७२ रनको लक्ष्य पछ्याएको घरेलु टोली न्युजिल्याण्ड २० ओभर पुरै खेलेर १ सय ५५ रनमा अलआउट भयो । केन विलियम्सले ६० बलमा ७० रन र कोलिन मुन्रोले २७ बलमा ५६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यसअघि ब्याटिङ गरेको पाहुना टोली पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । 
पाकिस्तानका ओपनर मोहमद हाफिजले ४७ बलमा ६१ र उमर अकमलले १४ बलमा २४ रन बनाएका थिए ।  यी २ टोलीबीच ३ वटा ट्वेन्टी–ट्वेन्टी हुने छन् । म्याच फिक्सिङमा प्रतिबन्ध भोगेर फर्केका पाकिस्तानका मोहमद आमिरका लागि  पुनरागमनपछिको यो पहिलो खेल थियो ।