Thaha

Saturday 04 May - 6:12 am NST

जकार्ता बम विष्फोटमा संलग्न रहेको आशंकामा तीनजना पक्राउ

काठमाडौं १ माघ । ईन्डोनेसियाको प्रहरीले जकार्ता बम विष्फोटमा संलग्न रहेको आशंकामा तीनजनालाई पक्रेको छ ।
जकार्ताको बाहिरी क्षेत्रको एउटा घरमा छापा मारेर प्रहरीले उनीहरुलाई पक्रेको हो । बिहीबार सातजनाको ज्यान जाने गरी भएका श्रृंखलावद्ध बम विष्फोट भएपछि आज जकार्ता प्रहरीले ठाउँ ठाउँमा छापा मारेको छ । आक्रमणमा स्लामिक लडाकू समूह (आईएस) को हात रहेको अनुमान गरिएको छ । 
घटनास्थलमा आईएसको झण्डा भेटिएको अनलाईन पत्रिका जकार्ता पोष्ट डटकमले जनाएको छ ।