Thaha

Saturday 18 May - 10:47 am NST

काठमाडौंका सबै फुटसल केन्द्र बन्द

काठमाडौं, ३० पुस । प्रहरीले काठमाडौं उपत्यकाका फुटसल बिहीबारदेखि बन्द गराएको छ । 
उपत्यकामा रहेका फुटसल केन्द्रमा विकृति बढ्दै गएकाले तत्काललाई बन्द गराइएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ । परिसरका प्रमुख (एसएसपी) विक्रमसिंह थापाले फुटसल केन्द्रमा बियरका बोतल भेटिएको, विद्यार्थी स्कुल नगई बरालिएको अभिभावकको उजुरी र छिमेकीकोलाई बाधा पुग्ने गरी होहल्ला गरेको उजुरी परेकाले बन्द गराएको जानकारी दिनुभयो । उहाँले बन्द गरिएका झन्डै १ सय फुटसल आचारसंहिता र अन्य मापदण्ड बनाएर सञ्चालन गर्न दिने बताउनुभयो । 
रमाइलोका लागि खेलिने फुटसल पछिल्लो समय काठमाडौंमा युवाहरुमाझ निकै लोकप्रिय बनेको थियो ।