Thaha

Saturday 18 May - 1:17 pm NST

दक्षिण अफ्रिका र इङल्याण्डबीचको तेस्रो टेष्ट क्रिकेट आजदेखि


काठमाडौं, ३० पुस । दक्षिण अफ्रिका र इङल्याण्डबीचको तेस्रो टेष्ट  क्रिकेट आजदेखि सुरु हुँदैछ । दक्षिण अफ्रिकाको जोहानेसवर्गमा हुने प्रतियोगिता नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । चार टेष्टको श्रृंखलामा इङल्याण्डले १–० को अग्रता कायम गरेको छ । पहिलो टेष्ट बराबरी भएको थियो भने दोस्रो टेष्ट इङल्याण्डले २ सय ४१ रनले जितेको थियो । यो टेष्ट जितेमा इङल्याण्डले श्रृंखला कब्जा गर्नेछ भने दक्षिण अफ्रिकाले जितेमा श्रृंखला जित्न अन्तिम टेष्ट निर्णायक हुनेछ ।