Thaha

Saturday 04 May - 4:54 am NST

पाकिस्तानमा खोप केन्द्रलाई लक्षित गरी बम विष्फोट १४ जनाको मृत्यु

काठमाडाँै, २९ पुस । पाकिस्तानको क्वेटा सहरमा भएको बम विष्फोटमा १४ जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् । पोलियो खोप केन्द्रलाई लक्षित गरी गरीएको विष्फोटमा परी मृत्यु हुनेमा अधिकांश सुरक्षाकर्मी रहेको अधिकारीहरुले बताएका छन् । बालबालिकालाई पोलियो थोपा खुवाउने केन्द्रको सुरक्षार्थ खटिएका सुरक्षाकर्र्मीलाई लक्षित गरी बम विष्फोट गरिएको हो । बलुचिस्तान प्रान्तका मन्त्री शरफराज बुगटीका अनुसार पोलियो थोपा खुवाउनका लागि स्वाथ्यकर्मी आफ्नो इलाकामा जानु अघि तथ्याङ्क संकलन गर्न जम्मा भएका बेला बम विष्फोट भएको थियो । आक्रमणको जिम्मा कसैले लिएको छैन । तर पाकिस्तानमा चरमपन्थी समुहले पोलियो खोपको विरोध गर्दै आएको छ । चरमपन्थीले बालबालिकाहरुलाई नपुंसक बनाउने पश्चिमी देशको षडयन्त्रअनुसार पोलियो खोप अभियान चलाइएको आरोप लगाउँदै आएको छ ।