Thaha

Saturday 04 May - 5:25 am NST

जर्मनीको कोलोन शहरमा हिंसाका ५ सय १६ उजुरी

काठमाण्डौ, २७ पुस । अंग्रेजी नयाँ बर्ष सन् २०१६ को उत्सव मनाउने क्रममा जर्मनीको कोलोन शहरमा मात्रै हिंसासम्बन्धी ५ सय १६ वटा उजुरी दर्ता भएको भएको छ । दर्ता गरिएका उजुरीहरुमध्ये ४० प्रतिशत यौन दुव्र्यबहारसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ । अपराधमा संलग्न मध्ये धेरैजसो उत्तर अफ्रिकाबाट अवैध ढंगले युरोप छिरेका आप्रवासी रहेको प्रहरीलाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ । आपराधिक गतिविधि बढ्नुको मुख्य कारण जर्मन चान्सलर एन्जेला मर्केलको शरणार्थी प्रतिको उदार नीति रहेको भन्दै आलोचना भएको छ । मर्केलको उदार नीतिकै कारण सन् २०१५ मा झण्डै ११ लाख शरणार्थी जर्मनी प्रवेश गरेको अनुमान गरिएको छ । प्रहरीको भूमिक पनि कमजोर भएको भन्दै कोलोनका प्रहरी प्रमुखलाई निलम्बन गरिएको अन्तर्राष्ट्रिय संचार माध्यामले जनाएका छन् ।