Thaha

Saturday 18 May - 12:46 pm NST

राखेपद्धारा क्रिकेट संघमा तदर्थ समिती गठन

काठमण्डौं, २४ पुस । राष्ट्रिय खेलकुद परिषद राखेपले रमेश शिलवालको नेतृत्वमा नेपाल क्रिकेट संघ क्यानको १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । विवादका बीच सम्पन्न क्यानको साधारणसभाले चयन गरेको चतुर बहादुर चन्द अध्यक्ष रहेको नेतृत्वलाई मान्यता नदिएको राखेपले नयाँ तर्द समिति गठन गरेको हो ।

तदर्थ समितिको महासचिवमा पवन अग्रवाल महासचिव हुनुहुन्छ । त्यस्तै रवीन्द्र अधिकारी, शैलेश कर्माचार्य र दीपक साउद उपाध्यक्ष हुनुहुन्छ । सचिवमा पूर्ण लामा र सदस्यमा भरत केसी, डा. हरिशंकर शाह, ऋतुसिंह वैद्य, दीवाकर पौडेल, निर्वाण चौधरी, विनायक पोखरेल, सुरेशलाल श्रेष्ठ, रञ्जित तामाङ र एलबी क्षेत्री हुनुहुन्छ ।

राखेपले अध्यक्ष बनाएका रमेश शिलवाल एमालेसम्बद्ध मदन भण्डारी स्पोट्स एकेडेमीका अध्यक्ष एवं गोल्डेन गेट कलेजका सञ्चालक हुनुहुन्छ ।  कार्तिक २० गते भएको क्यानको साधारण सभालाई मान्यता नदिएर क्यानले सम्पूर्ण अधिकार कार्यकारी अधिकृत भावना घिमिरेलाई दिएको थियो ।