Thaha

Saturday 18 May - 11:25 am NST

मुम्बईका एक क्रिकेटरले विद्यालयस्तरको क्रिकेटमा विश्व रेकर्ड बनाए


काठमण्डौं, २१ पुस । 
भारतको मुम्बईका एक क्रिकेटरले विद्यालयस्तरको क्रिकेटमा १ हजार रन बनाएर नटआउट रहंदै विश्व रेकर्ड कायम गरेका छन् । गान्धी स्कूलको कक्षा १० मा अध्ययनरत १५ बर्षिय प्रणव धनावडेले अन्तर—विद्यालय टुर्नामेन्टमा ३ सय २५ बलको सामना गर्दै १ हजार २ रन बनाउंदै रेकर्ड तोडेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय क्रिकेट मैदानमा यस्तो रेकर्ड १ सय १७ बर्षपछि बनेको हो ।

मुम्बई क्रिकेट एशोसियनसद्धारा आयोजित १६ बर्षमुनीका छात्राहरुवीचको विद्यालयस्तरीय खेलमा प्रणवले पहिलो दिन १ सय ९९ बलमा ७८ चौका र ३० छक्का प्रहार गर्दै ६ सय ५२ रन बनाएका थिए । आज दोस्रो दिनको खेलमा उनी १ हजार रन २ पुरा गर्दै क्रिजमै टीकिरहे । यसपारीमा उनले ५९ छक्का र १ सय २७ चौका प्रहार गरे । प्रणवअघि मुम्बईका सरफराज खान ४ सय ३९ र अरमान जाफरले ४ सय ९८ रनको पारी खेल्दै रेकर्ड बनाएका थिए ।